बिहिबार, माघ ६, २०७८

सात वर्षदेखि फरार पक्राउ

१७ असार २०७३, शुक्रबार ०९:०१

राजविराज, १७ असार । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडाँैबाट कैद पाएर सात वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको डाढा–८ का ६० वर्षीय नथुनीप्रसाद यादव रहेको प्रहरीले जनाएको छ । यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरिको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

यादवलाई २०६६ भदौ ८ गते सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद गरेको थियो । उनलाई राजविराजस्थित कारागार पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share