शनिबार, माघ ८, २०७८

सात वर्षदेखि फरार दोषी पक्राउ

१९ असार २०७३, आईतवार १४:१९

राजविराज, १९ असार । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडाँैबाट कैद पाएर सात वर्षदेखि फरार डाढा–८ का नथुनीप्रसाद यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सप्तरी डाढा–८ का ६० वर्षीय यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

यादवविरुद्ध विसं २०६६ भदौ ८ गते अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो । उनलाई राजविराजस्थित कारागार पठाइएको छ । रासस,

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share