मङ्लबार, माघ ११, २०७८

सात बन्दकर्ता पक्राउ

२ श्रावण २०७३, आईतवार ११:५७

चितवन, २ साउन । सर्लाहीको सुकुम्बासी बस्तीमा सरकारले दमन गरेको जनाई आन्दोलनमा उत्रिएका नेकपा माओवादीका सात कार्यकर्तालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

बिहान ९ बजेदेखि दुई घन्टासम्म चक्काजाम आह्वान गरिएको थियो । सो क्रममा नारायणगढ र माडीमा गाडी रोक्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट छ र माडीबाट एक जनालाई पक्राउ गरिएको हो ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share