बुधबार, मंसिर २२, २०७८

सात जिल्लाको अधिवेशन असार पहिलो हप्तासम्म

२२ जेष्ठ २०७३, शनिबार १८:१२

काठमाडौँ, २२ जेठ । संसद्को सबभन्दा ठूलो दल नेपाली काँग्रेसले सात जिल्लाको जिल्ला अधिवेशन आगामी जेठ २५ देखि असार पहिलो हप्तासम्म गर्ने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, कञ्चनपुर, पर्सा र बझाङ जिल्लाको जिल्ला अधिवेशन असार जेठ २५ देखि असार पहिलो हप्तासम्म गर्ने निर्णय गरेको हो ।
मधेस आन्दोलन र पार्टीको आन्तरिक विवादले नौ जिल्ला तथा एक क्षेत्रको अधिवेशन तोकिएको मितिमा हुन सकेको थिएन ।
निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले अधिवेशन हुन बाँकी रहेका सात जिल्ला र धनुषा क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशन आगामी असार पहिलो हप्तासम्म गर्न सम्बन्धित जिल्लामा परिपत्र गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्तै, सङ्खुवासभामा असार १० गते गोलाप्रथाद्वारा नेतृत्व चयन गरिने र डोल्पामा यार्सागुम्बा टिप्ने समय भएकाले केही समयपछि अधिवेशन गराउने निर्णय भएको घिमिरेले बताए ।
निर्वाचन बाँकी रहेका जिल्लामा पहिले नै तोकिएका निर्वाचन अधिकृतलाई आग्रह गर्ने र सम्भव नभए नयाँ निर्वाचन अधिकृतलाई तोकेर जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन र शिक्षक सङ्घलगायतका पेसागत निकायलाई आग्रह गरिने घिमिरेले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share