सोमवार, मंसिर २०, २०७८

साउन १ देखि विद्युत महशुल बढाउने तयारी

२० जेष्ठ २०७३, बिहीबार ०९:५४

काठमाडौं, २० जेठ ।

नेपालमा रहेका विभिन्न मुलुकका दूतावास र अन्तर्राष्ट्रिय नियोगका कार्यलयलाई छुट्टै विद्युत महसुल लाग्ने भएको छ । विद्युत महसुल निर्धारण आयोगले दुतावास र नियोग कार्यालयलाई छुट्टै महसुल लाग्ने गरी सबै ग्राहकको औसतमा १८ दशमलव ३५ प्रतिशत महसुल बढाउने तयारी गरेको छ ।

आयोगले दूतावासका लागि प्रतियुनिट करिब १२ रुपैयाँ लगाउने तयारी गरेको हो । नेपालमा भारत, चीन, अमेरिका, बेलायत, बंगालादेश, पाकिस्तान, ब्राजिललगायतका मुलुकका दूतावास छन् । एसियाली विकास बैंक लगायत नियोग कार्यालय नेपालमा छन् । सरकाले साउन १ गतेदेखि विद्युत महसुल बढाउने तयारी गरिरहेको बताएको छ । यसैविच —आयोगले साना ग्राहकले मासिक न्युनतम ८० रुपैया महसुल तिर्नुपर्ने व्यवस्था हटाउने भएको छ । २० युनिटसम्म न्युनतम मासिक शुल्क ३० र प्रतियुनिट ३ रुपैयाँ लाग्नेछ । नयाँ महशुल लागु भएपछि कुनै ग्राहकले ५ युनिट खपत गरेमा न्युनतम ३० र विद्युत खपतको १५ गरी ४५ रुपैयाँ तिरे पुग्नेछ । २० युनिट खपत गरेमा भने ९० रुपैया तिरे पुग्छ । २१ देखि ३० युनिट खपत गरेमा ५० रुपैयाा सेवा शुल्क र प्रतियुनिट ७ रुपैयाँ महशुल तिर्नुपर्नेछ । प्राधिकरणका करिब ३० लाख ग्राहकमध्ये करिब १२ लाख साना ग्राहक रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share