बुधबार, कार्तिक १०, २०७८

साउथ चाइना सीबारे भएको अन्तर्राष्ट्रिय अदालतको निर्देशन ‘बन्धनकारी’ : ओबामा

२४ भाद्र २०७३, शुक्रबार ०८:४९

भियनटिआन (लाओस), २४ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार विवादित साउथ चाइना सीबारे अन्तर्राष्ट्रिय ट्रिबुनल अदालतबाट चीनलाई गरेको निर्देशन बाध्यकारी हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाको यो भनाई चीनले उक्त अदालतको फैसलालाई बेवास्ता गरिरहेका बेला आएको हो ।

‘सन् २०१६ को जुलाईमा भएको महत्वपूर्ण तर मध्यस्थ निर्देशनले यस क्षेत्रको तटवर्ती अधिकारका लागि बन्धनकारी हुने कुरा प्रष्टाएको छ,’ अमेरिकी राष्ट्रपति ओबामाले लाओसमा भएको एसियाली नेताहरु सहभागी आसियन सम्मेलनका क्रममा भने ।

अमेरिकी राष्ट्रपतिबाट आएको यो प्रतिक्रियाले साउथ चाइना सीलाई रणनीतिक महत्वको जलमार्ग भएको र यो विगतदेखि चीनले प्रयोग गर्दै आएकाले यसमा उसको अधिकार रहेको भनी आफ्नो अडान राख्दै आएको छ ।

उक्त अवसरमा अमेरिकी राष्ट्रपति ओबामाले विधिको शासनलाई मान्न र एकतर्फी अडगान राखी तनाव सिर्जना नगर्न आग्रह गरेका छन् ।

यसैबीच चीनले संयुक्त राज्य अमेरिकलाई उक्त विषयमा हस्तक्षेप गरी विवाद बढाउन अन्य राष्ट्रलाई उक्साउने काम नगर्न आग्रह गरेको छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share