मङ्लबार, माघ ११, २०७८

सांसदलाई उपत्यका नछोड्न काँग्रेसको निर्देशन

१ श्रावण २०७३, शनिबार ०७:०९

काठमाडौँ, ३१ असार । नेपाली काँग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ । 

Nepali-congress-Centre-office-Sanepa-700x413व्यवस्थापिका–संसद्मा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदलाई यस्तो ह्वीप जारी गरेको हो ।

काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गरी साउन ६ गतेसम्म उपत्यका बाहिर नजान र बाहिर जिल्ला वा विदेशमा रहेका सांसदलाई साउन २ गतेसम्म संसदीय दलको कार्यालयमा हाजिर हुन अपिल गरेका छन् ।

संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै सांसदलाई सजग गराइएको मुख्य सचेतक श्रेष्ठले बताएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share