बुधबार, मंसिर २२, २०७८

सहयोगी दातालाई सम्मान

२३ जेष्ठ २०७३, आईतवार १२:५२

काठमाडौँ, २३ जेठ ।

गाउँ सेवा कोष तनहुँले संस्थालाई सहयोग गर्ने १७३ दातालाई सम्मान गरेको छ । संस्थाको ४०औँ स्थापना दिवसको सन्दर्भ पारेरसंस्थामा सहयोग गर्ने दातालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो । संस्थाका मानार्थ सदस्य लक्ष्मण थापाले तनहँुका बन्दीपुर, डुम्रे र दमौली तथा काठमाडौँका रु ३२ देखि दुई लाख ७२ हजार रुपैयाँसम्म संस्थालाई सहयोग गरेका दातालाई सम्मान गरिएको जानकारी दिए ।

कूटनीतिज्ञ डा जयराज आचार्य, डा भेषबहादुर थापा तथा संस्थाका संस्थापक भीमबहादुर अधिकारीले दातालाई सम्मान गर्दै मुलुकको राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई अक्षुण्ण कायम राख्न समाजसेवीले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

तनहुँमा सामाजिक सेवाका उद्देश्यका साथ २०३३ सालमा उक्त संस्थाको स्थापना भएको थियो । संस्थाले जिल्लाका जेहेन्दार तथा आर्थिक विपन्नता भएका विद्यार्थीलाई छत्रवृत्ति वितरण गर्नाका साथै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई ‘भानु घाँसी सम्मान’ गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share