बुधबार, मंसिर २२, २०७८

सहमतिमा संविधान संशोधन गर्न सकिन्छः अध्यक्ष दाहाल

३१ जेष्ठ २०७३, सोमबार ०६:३२

नेपालगन्ज, ३१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनमार्फत मधेसका समस्या सम्बोधन गर्न सकिने बताएका छन् ।

बाँके जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई अाइतबार सम्बोधन गर्दै उनले भने, “संविधानले कसैलाई भेदभाव गरेको छैन, तर संशोधन गर्नै पर्ने केही विषय छन् भने सहमतिमा संशोधन गर्न सकिन्छ ।”
आउँदो दश वर्षभित्र आफ्नो पार्टी मुलुकको सबैभन्दा ठूलो पार्टी हुने विश्वास व्यक्त गर्दै उनले अब कम्युनिष्ट मूल्य, मान्यताबाट सङ्गठन विस्तार गरिने बताए ।
सो अवसरमा नेताहरु रामबहादुर थापा, मातृका यादव र तिलक परियारले सङ्गठनलाई बलियो बनाउने मुख्य आधार कार्यकर्ताबीचको एकता नै हो भनेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share