मङ्लबार, माघ ११, २०७८

सहकारीबाट चोरीको आरोपमा कारागार चलान

१६ असार २०७३, बिहीबार ११:५३

बर्दिया, १६ असार ।

शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रु १२ लाख चोरीको आरोपमा तीनजनालाई कारागार चलान गरिएको छ ।

बर्दिया जिल्लाको सूर्यपटुवा–४ स्थित शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १०/१२ जनाको हतियारधारी समूह आई सो संस्थाका सुरक्षा गार्ड यज्ञबहादुर थापालाई नियन्त्रणमा लिई सो संस्थाको सेफसमेत तोडफोड गरी नगद रु १२ लाख ६९ हजार ८९३ चोरी भएको थियो ।

उक्त संस्थाका व्यवस्थापक समितिका कोषाध्यक्ष २६ वर्षीय सीताराम चौधरी, अध्यक्ष ५२ वर्षीय रामबहादुर थापा र सुरक्षागार्ड ६४ वर्षीय यज्ञबहादुर थापा समेतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान कार्यका लागि जनही रु २० लाख धरौटी माग भएकोमा सो धरौटी तिर्न नसकेपछि बुधबार बर्दिया कारागार चलान भएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share