बुधबार, मंसिर २२, २०७८

सशस्त्र द्वन्द्वका घटनाको न्यायिक छानबिन हुन्छ – मन्त्री ढकाल

३१ जेष्ठ २०७३, सोमबार १३:१९

सोलुखुम्बु, ३१ जेठ । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको यथार्थ छानबिन हुने बताए ।

आयोजित द्वन्द्वपीडित मृतक तथा बेपत्ता परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सत्य निरुपण आयोगले उजुरी दर्ता गरिरहेको भन्दै त्यहाँ परेका उजुरीमाथि न्यायिक छानबिन हुने बताए । दोषी त्यत्तिकै उम्कन पाउँदैन भन्दै उनले आयोगबाट दोषी ठहरिएकालाई कानुनी कारबाही हुनेमा विश्वास गर्न आग्रह गरे ।
स्थानीय शान्ति समितिको आयोजनामा भएको सो कार्यक्रममा भाग लिन आउनुभएका मन्त्री ढकालले सम्मान कार्यक्रमअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला सदरमुकाममा सञ्चालन भइरहेको विभिन्न निर्माण कार्यको अनुगमनसमेत गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share