बिहिबार, माघ १३, २०७८

सवैजसो नाका बन्द भएपछि चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा

२६ असार २०७३, आईतवार ०७:०६

काठमाडौं, २६ असार । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफल गर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् ।

औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जनमुक्ति सेनाका मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिबार अपरान्ह काठमाडों आइपुगेको हो । बुधबारसम्म नेपालमै रहने भ्रमण टोलीले नेपालका सुरक्षा अधिकारीसँग अनौपचारिक छलफल गर्नेछ ।

गृहसचिव नारायणगोपाल मलेगोसहितका सुरक्षा अधिकारीसँग उनीहरुको छलफल हुने जनाइएको छ । नेपाल चीन व्यापारिक नाका सुचारु गर्ने, सीमा अपराध नियान्त्रण गर्ने र एक चीन नीतिविरुद्धका गतिविधि नियन्त्रण गर्ने लगायतका बिषयमा छलफल हुने गृहमन्त्रालयल श्रोतले जनाएको छ । यसअघि बिहिबार तीन उपप्रधानमन्त्रीहरुले चीनसँग सीमा जोडिएको कोरला नाका अवलोकन गरेका थिए । कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share