बुधबार, मंसिर २२, २०७८

सरसफाई अभियानले सफा हुँदै सुर्खेत बजार

२३ जेष्ठ २०७३, आईतवार १६:०७

बिमला खड्का
सुर्खेत, २३ जेठ ।
छैठौ प्रदेश स्थापनाका लागि आन्दोलनले सुर्खेतको वीरेन्द्रनगरमा बजारमा देखिएको फोहोरले बजार नै अव्यवस्थित हुन पुग्यो । आन्दोलनबाट सुर्खेती जनताको मात्र होइन, अन्यायमा परेका कर्णाली, भेरी र राप्तीका जनताको मागको सुनुवाई भयो र छैठौ प्रदेश स्थापना भयो ।
आन्दोलनबाट सरकारले माग पुरा गरेको महसुस गरेका सर्वसाधारणले मात्र होइन सरकारी तथा संघ संस्थाद्वारा आन्दोलनका क्रममा बजारमा भएको फोहोर सफाई गर्ने योजना बनाए, जुन अभियान अहिलेसम्म जारी छ ।बजार सरसफाई अभियानको नेतृत्व उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगपालिकाले गरे, जुन अभियानले ३१ हप्ता पार गरिसकेको छ । अभियान अन्तर्गत प्रत्येक शनिवार सरसफाई कार्यक्रम सञ्चालन हुन्छन् । त्यही अभियानले गर्दा सार्वजनिक स्थानमा सफा गर्नुपर्छ भन्ने धारणा आम रुपमा परिवर्तन हुन थालेको सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती बताउँछन् ।
‘आफ्नो घर सफा राख्नु पर्छ, र सार्वजनिक स्थलमा फोहोर गर्नुपर्छ भन्ने मान्छेको सोचाई हुन्छ’ उनले भने, ‘त्यसैले गर्दा मान्छेहरुले आफ्नो घर वाहेक सार्वजनिक स्थलमा फोहोर गर्ने गर्छन ।’ विगत ३१ हप्ता देखि सञ्चालन गरिएको सरसफाई अभियानले व्यापारीहरुमा बजार सफा राख्नुपर्छ भन्ने सोचाई आएको वरिष्ठ उपाध्यक्ष उप्रेती बताउँछन् ।
‘यसअघि सुर्खेतका व्यापारी आफ्नो पसलको फोहोर पनि पसल अगाडि नालामा फाल्ने गर्दथे, तर जब वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सरसफाई कार्यक्रम सुरु गरियो, तब यहाँका व्यापारी आफ्नो पसलको फोहोर सरसफाई गर्न थाले ।’ वरिष्ठ उपाध्यक्ष उप्रेतीले भने ।2
सरसफाई अभियान सञ्चालनपछि बजार पहिले भन्दा अहिले सफा भएको छ भने व्यापारीहरुको सोचमा पनि परिवर्तन पाइएको वरिष्ठ उपाध्यक्ष उप्रतीको भनाई छ । उनले नगरपालिका र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा मात्रै नभएर सरसफाई कार्यक्रममा व्यापारी र संघ संस्थाहरुको पनि उल्लेखय सहभागिता हुने गरेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत वालाराम शर्मा व्यापारीहरुलाई उत्प्रेरणा जगाउनका लागि सरसफाई कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । उनले व्यापारीहरुमा सरसफाई गर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा विगतमा सरसफाईमा समस्या हुने गरेको बताए । उनले भने, ‘अहिले पनि सरसफाई अभियानमा व्यापारीको सहभागिता कम हुने गरेको छ ।’
‘बजार सरसफाईलाई चुस्त राख्न जसले बढी फोहोर गर्छ त्यसलाई कार्वाही गर्नुपर्ने हुन्छ तर अहिले आफुहरुलाई त्यसो गर्न अप्ठ्यारो भइरहेको छ, वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत शर्माले भने ।’ ‘सरसफाई कार्यक्रम गर्दा कतिपय व्यापारीहरु देखेर पनि सरसफाई कार्यक्रममा सहभागी भएर सरसफाई गर्ने गर्छन र कतिपय व्यापारी देखेर पनि नदेखेको जस्तै गरेर सरसफाई कार्यक्रममा सहभागी हुँदैनन् ।’ उनले गुणासो गरे ।
सुर्खेतमा सबै घर भाडामा मात्रै बस्ने भएकाले फोहोर व्यापारीहरुले गरे पनि घरधनीलाई सजाय दिन गाह्रो भइरहेको उनले बताए । फोहोर गर्ने व्यापारीहरुलाई दण्ड सुरु गर्ने र कुन कुन व्यवसायीले बढी फोहोर गर्छन्, उनीहरुलाई सुर्खेत उद्योग बाणिज्य संघको सिफारिसमा जरीवाना तिर्न लगाइने योजना रहेको नगरपालिका कार्यकारी अधिकृत शर्माले जानकारी दिए ।
सरसफाई कार्यक्रम अन्र्तगत जनचेतना फैलाउनका लागि अहिले टोलटोलमा पनि सरसफाई अभियान सञ्चालन गरिएको कार्यकारी अधिकृत शर्माले बताए । टोल सफा राख्नु पर्छ, बजार सफा राख्नु पर्छ भन्ने हिसावले जनचेतना फैलियोस् र सबैमा सफा गर्नु पर्छ भन्ने सोचाई आओस भनेर नै टोलटोलमा कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share