सोमवार, असार १३, २०७९

सरकार परिवर्तन हुँदैन – प्रम

२३ असार २०७३, बिहीबार १४:१६

kp 1काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताएका छन् ।

भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भने – “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।”

सरकारले आफ्ना नीति तथा कार्यक्रमअनुसारका योजनालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै उनले भूमिसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि उपयुक्त बाटो पहिल्याउन गोष्ठीमा हुने छलफल उपयोगी हुने विश्वास व्यक्त गरे ।

भूमिसुधार तथा व्यवस्थापनमन्त्री रामकुमार सुब्बाले मुलुकमा सबै नागरिकको अचल सम्पत्तिको सुरक्षा गर्ने दायित्व आफ्नो मन्त्रालयको भए पनि स्रेस्ता प्रणाली भरपर्दो नरहेको गुनासो गरे ।

राज्यमन्त्री विक्रमबहादुर थापाले जमिन नभएका सुकुम्बासी किसानलाई व्यवस्थित गर्न चुनौती रहेको स्वीकार्दै जग्गा धनीपुर्जा पाउनैपर्ने कतिपयले अझै पाउन नसकेको बताए । सहायकमन्त्री दिनेश श्रेष्ठले भूमिसुधारका क्षेत्रमा विद्यमान समस्यालाई वैज्ञानिक ढङ्गमा समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद बद्री पाण्डेले भूमिहीनको स्वामित्वमा कसरी भूमि व्यवस्थापन गर्ने भन्ने विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने बताउनुभयो भने अर्का सांसद केशव बडालले जमिनको उत्पादकत्व वृद्धि हुने गरी भूमिहीनलाई सामाजिक न्यायका आधारमा भूमि वितरण गरिनुपर्ने सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य विजय कँुवरले सबैको प्रयासबाट बनेका भू–उपयोग नीतिलाई कार्यान्वयनमा लानुुपर्नेमा जोड दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share