बिहिबार, माघ १३, २०७८

सरकार परिवर्तन मुलुकको हितमा छैन – बिजुक्छे

२९ असार २०७३, बुधबार १७:३९

भक्तपुर, २९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन मुलुकको हितमा नभएको बताएका छन् ।

रफत् सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले संविधान कार्यान्वयनलाई छाडेर भएको सत्ता परिवर्तनको खेल देश कै लागि घातक भएको बताए ।

अध्यक्ष बिजुक्छेले सरकार परिवर्तनले मुलुकमा भूकम्पपछिको पुनःनिर्माण, मधेसका समस्या समाधान र संविधान कार्यान्वयनलाई अघि बढाउन कठिन हुने बताए । संवैधानिक जटिलताका कारण नयाँ सरकार गठन सहज नहुने उनको भनाइ थियो ।

नयाँ बन्ने सरकारले छिमेकी चीनसँग गरिएको सम्झौताको कार्यान्वयनमा अग्रसर नभए नेपाल र नेपालीले ठूलो नोक्सान व्यहोर्नुपर्ने चेतावनी दिँँदै उनले अब बन्ने सरकारले ती सम्झौता कार्यान्वयन गर्नुपर्छ भने । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share