मङ्लबार, माघ ११, २०७८

सरकार गठनलाई ‘बाधक छैन संविधान’

१ श्रावण २०७३, शनिबार ०७:०८

काठमाडौं, १ साउन । सत्ताघटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको वर्तमान परिदृष्यमा नयाँ सरकार गठन गर्न संवैधानिक जटिलता नरहेको संवैधानिक कानूनका ज्ञाता तथा कानूनविद्ले स्पष्ट पारेका छन् ।

संविधान राजनीतिक दस्तावेजसमेत भएकाले कुनै एउटा धारा वा व्यवस्थाका आधारमा सरकार निर्माण नहुने तर्क न्यायसंगत नहुने ठान्धन उनीहरु । संवैधानिक कानूनज्ञाता तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नयाँ सरकार गठनमा संविधानले कुनै अवरोध नगरेको बताए । ‘संक्रमणकालीन व्यवस्था केपी ओली सरकारको निर्माण र विघटनसम्म मात्र आकर्षित हुने हो’ उनले भने, त्यसपछि जसरी नियमित सरकार गठन व्यवस्था संविधानमा गरिएको छ त्यहीअनुसार हुन्छ ।’

संविधानको धारा २९८ तत्कालीन सुशील कोइराला नेतृत्वका सरकारपछि निर्माण हुने सरकारका लागि मात्र कल्पना गरिएकाले अब धारा ७६ बाट जान बाटो खुला रहेको उनको भनाई छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share