बुधबार, मंसिर २२, २०७८

सरकारको गलत कदमको विरुद्ध काँग्रेस उभिन्छ – सिंह

१७ जेष्ठ २०७३, सोमबार १७:४६

रौतहट, १७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसद नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षीको हैसियतले सरकारको गलत कदमको विरुद्ध उभिने बताएका छन् ।

नेका चन्द्रपुर नगर समितिद्वारा आज आयोजित कार्यकर्ता भेलामा उहाँले सरकारले हालै ल्याएको बजेट चर्चामुखी मात्रै भएको र त्यसलाई कार्यान्वयनमा लान नसकिने भनी आलोचना गरे ।
सरकारले ल्याएको बजेट महत्वाकाङ्क्षी भएको उनको भनाइ थियो । नेता सिंहले काँग्रेसलाई एकताबद्ध र सङ्गठित गर्दै क्रियाशील बनाउनु आजको आवश्यकता भएकाले त्यसका लागि गाउँ गाउँमा गएर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share