आइतवार, असार १९, २०७९

सय घर डुबानमा

७ असार २०७३, मंगलवार १७:५०

काँकडभिट्टा (झापा), ७ असार । गए रातिदेखि लगातार परेको वर्षाका कारण १०० घरभन्दा बढी डुबानमा परेका छन् ।

भद्रपुर– ५ र ७ वडाको बस्तीमा पानी जमेर डुबानमा परेको परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले डुबानमा परेकालाई उद्धार गरिरहेका छन् । जथाभाबी गरिएको जग्गा प्लटिङ र अव्यवस्थित ढल निकासका कारण ती बस्तीमा पानी जमेको स्थानीयवासीको आरोप छ ।

यसैबीच रतुवा खोलामा आएको बाढीले दमक–१ का राजकुमार राईलाई बगाएकामा स्थानीयवासी र प्रहरीले उनलाई उद्धार गरेर आम्दा अस्पताल दमकमा पुर्‍याएका छन् । यसैगरी दमक नगरपालिका–९ लखनपुरमा पनि रतुवा खोलाको पानी पसेर छ घर जोखिममा परेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share