समृद्ध तराई मधेस सिँचाइ कार्यक्रम ११ जिल्लामा
१ असार २०७३, बुधबार ०७:१४सप्तरी, १ असार । सिँचाइमन्त्री उमेशकुमार यादवले सप्तरीमा सिंचाइका लागि रु २८ करोडभन्दा बढी बजेट प्राप्त भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल सप्तरीले मङ्गलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सप्तरी सहित तराईका ११ जिल्लामा लागू भइसकेको जानकारी दिए । रासस