सोमवार, मंसिर २०, २०७८

समस्या सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक :अध्यक्ष प्रचण्ड

२८ जेष्ठ २०७३, शुक्रबार १५:१८

खबरइरा संवाददाता
सुर्खेत, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश, थारु र आदिवासी जनजातीको मुद्दालाई राजनीतिक सहमतिबाट संविधान संशोधन गरेर सम्बोधन गर्नकालागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएका छन् । उनले राष्ट्रिय सहमतिको सरकार प्रमुख शक्तिहरुबीच सहमति भएर मात्रै बन्ने बताए । DSC06145
केन्द्रको छैठौ प्रदेशका कार्यकर्ता भेलालाई सम्वोधन गर्न शुक्रबार दिउँसो सुर्खेत पुगेका अध्यक्ष दाहालले राष्ट्रिय सहमति ओलीसँग हुने भए यहि सरकार रहने समेत उनले बताए । उनले भद्र सहमतिवारे बाहिर यति चर्चा हुनु पर्ने आवश्यकता नरहेको भन्दै समय आएपछि थाहा हुने बताए ।
अध्यक्ष दाहालले स्थानीय निकायको निर्वाचन गराउनकालागि राष्ट्रिय सहमतिको सरकार आवश्यकता पर्ने बताए । उनले स्थानीय निकायको निर्वाचन आवश्यक भएपनि सरकारले विना तयारी निर्वाचन घोषण गरेको समेत आरोप लगाए ।
अध्यक्ष दाहालले लामो समयसम्म स्थानीय निकायको निर्वाचन नहँदा विकास निमार्णका काम प्रभावित भएको समेत बताए । उनले प्रमुख राजनीतिक शक्तिहरुवीच सहमति गरेरमात्रै निर्वाचनमा जान सकिने उल्लेख गरे ।
अध्यक्ष दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संविधान अनुसार गाउँ पालिका र नगरपालिकाको निर्वाचन हुनु पर्ने समेत बताएका छन् । स्थानीय, प्रादेशिक र संघीय निर्वाचन भएर नयाँ प्रतिनिधिसभा नआउँदासम्म प्रमुख शक्तिहरु एक ठाउँमा वस्नु पर्ने उनको जिकिर छ । निर्वाचन सम्बन्धी नियमावी संसदमा पेश हुने र त्यसलाई सहमतिबाट पारित गरिने सम्भावना रहेको उनले बताए ।
सरकार बनाउने र गिराउने नभएर राष्ट्रिय समझदारी र राष्ट्रिय सरकार बनाउने चासो रहेको पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए । माओवादीको ध्यान अहिले सरकार बनाउने र गिराउने भन्दा पनि संविधान कार्यान्वय, मधेशको समस्या समाधन र विकासमा केन्द्रीत रहेको अध्यक्ष दाहालले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share