बिहिबार, माघ १३, २०७८

समर्थकको उपद्रवका कारण रुस दण्डित

१ असार २०७३, बुधबार ०७:१७

Euro-Violenceकाठमाडौं । फ्रान्समा जारी युरोकप अन्तगर्त समर्थकले गरेको हिंसात्मक व्यवहारका कारण रुसी फुटबल संघ जरिवानामा परेको छ । हिंसात्मक व्यवहारको बदलामा रुसी फुटबल संघले १ लाख ५० हजार युरो तिर्नुपर्नेछ ।
युरोपेली फुटबल महासंघ युइएफएले रुसका अन्य खेलहरुमा समर्थकले यस्तै व्यवहार गरे रुसी टोली प्रतियोगिताबाट अयोग्य हुने प्रष्ट पारेको छ । युइएफएले तत्कालका लागि रुसी फुटबल संघलाई प्रतिबन्ध भने नलगाउने भएको छ ।
रुसका समर्थकलाई रंगभेद गरेको आरोप प्रमाणित भएको छ । रुसलाई युइएफएको यस निर्णय बिरुद्ध अपील गर्ने अधिकार छ ।
मार्सेलीमा भएको खेलमा इंग्ल्याण्डसाग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकले रंगशालाभित्रै हिंसात्मक आक्रमण गरेका थिए । यइएफएले रंगशाला भित्रै भएका झडपमा रुसी समर्थकलाई दोषि ठहर गरेको हो । उनीहरुले रंगशाला बाहिरपनि ठूलै बितण्डा मच्चाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share