शनिबार, असार ११, २०७९

सभापतिको निर्वाचन बुधबार

६ असार २०७३, सोमबार १५:५५

काठमाडौँ, ६ असार । व्यवस्थापिका–ससद् संसदीय सुनुवाइ विशेष समितिको सभापति पदको निर्वाचन यही असार ८ गते बुधबार हुने भएको छ ।

संसद् सचिवालयले आज जारी गरेको सूचनामा सभामुख ओनसरी घर्तीले समितिको सभापति पदको निर्वाचनका लागि असार ८ गते बुधबार दिनको ३ बजेको समय तोकेकाे उल्लेख छ ।

समितिका एक जना सदस्यको प्रस्ताव र अर्काे सदस्यको समर्थन लिएर सभापति पदमा उम्मेदवार हुन चाहने व्यक्तिले असार ७ गते अपराह्न ५ बजेसम्म महासचिवसमक्ष निस्सा सहितको प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share