शुक्रबार, कार्तिक ५, २०७८

सबै दल नमिले संविधान कार्यान्वयन नहुने

३० भाद्र २०७३, बिहीबार ०८:०२

अर्घाखाँची, ३० भदौ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रतिपक्षभन्दा पनि संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

सरकारमा को छ भन्दा पनि संविधान घोषणामा दलहरु एकमत र एकढिक्का भएजस्तै संविधान कार्यान्वयनका लागि एकजुट हुन नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने बताए ।

उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको र संविधान संशोधनका लागि दुई तिहाइ चाहिने तर सरकार पक्षसँग मात्र त्यो सङ्ख्या नभएकाले एमाले लगायतका दलको पनि साथ चाहिने बताए । सहमति, सहकार्य र एकताबिना संविधान कार्यान्वयन हुनै नसक्ने उहाँले धारणा राखे ।

अर्घाखाँचीको सन्धिखर्कमा गाउँपालिका तथा नगरपालिकाको सीमाङ्कन तथा नामाकरणसम्बन्धी जिल्लास्तरीय परामर्श कार्यशालामा बुधबार बोल्दै नेता रायमाझीले संविधान कार्यान्वयन भएमात्र स्थानीय निकाय पुनःसंरचना र मधेसीको माग सम्बोधन हुने बताउनुभयो । स्थानीय बासिन्दाको मागलाई सम्बोधन गरेर अधिकतमभन्दा अधिकतम सजिलो हुनेगरी पुनःसंरचनामा जानुपर्ने उहाँले बताउनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share