शनिबार, असार ११, २०७९

सप्तरीमा फेरि हात्ती आतङ्क, दुई घरमा तोडफोड

२० असार २०७३, सोमबार १७:५३

राजविराज, २० असार । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगमा गएराति आतङ्क मच्चाएर दुई घरमा तोडफोड गरेका छन् ।

आरक्षबाट दुईवटा समूहमा निस्केको हात्तीले सप्तकोसी नगरपालिका–२ फतेपुरका गणेश पौडेल र कञ्चरुप नगरपालिका–६ का रामचन सदाको एक÷एकवटा घर भत्काएर क्षति पु¥याएको प्रहरी निरीक्षक गौरव महतले बताए ।

ती हात्तीले पौडेल र सदाको घरमा रहेको खाद्यान्न, अन्नपात भाँडावर्तन, लत्ताकपडासहितका सामानमा ठूलो क्षति पु¥याएको पीडितले बताएका छन् ।

हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय कञ्चपुरबाट गएको प्रहरीको टोलीले आरक्षतर्फ लखेटेका छन् ।  केही दिनदेखि सो क्षेत्रमा दैनिक हात्तीले आतङ्क मच्चाइरहेको स्थानीवासीले बताएका छन् । एक महिना अगाडि पनि हात्तीले आधा दर्जन घरमा तोडफोड गरेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share