बुधबार, माघ ५, २०७८

सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि

७ असार २०७३, मंगलवार २०:०१

इनरुवा, ७ असार । तराई तथा मध्यपहाडी भागमा भएको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ ।

पहाडी जिल्लामा लगातार परेको पानीको कारणले सप्तकोसी नदीमा पानीको बहाव बढेको हो । मङ्गलबार साँझ ६ः१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ४० हजार ७० क्युसेक प्रतिसेकेन्डको दरले पानीको प्रवाह भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साँझ ६ बजे कोसी ब्यारेजको २२ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ ।

दिउँसो एक लाख २६ हजार २३० क्युसेक पानीको बहाव रहेकामा साँझ एक लाख ४० हजार ७० क्युसेक प्रतिसेकेन्डको दरले पानीको प्रवाह भइरहेको प्रहरीले जनाएको छ । पानीको बहाव एक्कासि बढे पनि कोसी आसपास क्षेत्रका स्थानीयवासी त्रसित भएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share