बुधबार, कार्तिक १०, २०७८

सप्तकोसीमा डुङ्गा दुर्घटना, उद्धार जारी

१ आश्विन २०७३, शनिबार १८:२२

इनरुवा, १ असोज । सुनसरीको प्रकाशपुर–५ राजावासस्थित सप्तकोसी नदीमा आज दिउँसो डुङ्गा पल्टिएको छ ।

डुङ्गा पल्टिदा १५ जना बेपत्ता भएको आशंका गरिएको छ भने २२ जनाको उद्धार गरिएको र अझै पनि उद्धार कार्य जारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सुनसरीको श्रीङ्लका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुङ्गा पल्टिएको हो । दुर्घटना विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share