शनिबार, मंसिर १८, २०७८

सन्सारकै सबैभन्दा सानो अन्डा, गिनिज बुकमा लेखाउने प्रयास

२४ जेष्ठ २०७३, सोमबार १२:१३

27E42C9100000578-0-image-a-3_1429809816615

अर्घाखाँची २४ जेठ ।

अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ । सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताएका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ । सन्धिखर्कस्थित शान्ति बगैँचाका हरिले आफ्नो कुखुराले उक्त नापभन्दा सानो अन्डा पारेको बताए । उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ । हरिले जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज बुकमा रेकर्डका लागि पहल थालेको बताए ।

लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामनारायण मण्डलले बताए । विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अन्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । ९ अगस्ट सन् २०११ मा मापन गरिएको उक्त अन्डाको नाप ०.८२६८ इन्च अर्थात् २.१ सेन्टिमिटर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share