सोमवार, मंसिर २०, २०७८

सनराइजर्स आइपिएलको फाइनलमा

१५ जेष्ठ २०७३, शनिबार ०८:३७

Vivo IPL 2016 Qualifier 2 - GL v SRHदिल्ली, १५ जेठ,

सनराइजर्स हैदराबाद भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति दिल्लीमा भएको दोस्रो क्वालिफायर खेलमा बलियो प्रतिद्धन्द्धी गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो । १६३ रनको चुनौती हैदराबादले ४ बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा ग¥यो । कप्तान डेभिड वार्नरले कप्तानी इनिङ्ग खेल्ने क्रममा ५८ बलमा अविजित रहँदै ९३ रन जोडे । म्यान अफ द म्याच पनि वार्नर बने । त्यसबाहेक बिपुल शर्माले ११ बलमा अविजित रहँदै २७ रन जोडे । यसअघि गुजरातका आरोन फिन्चको ५० रनको मद्धतले टिमले ७ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । फाइनल खेल बैङ्गलोरमा आइतबार बेलुकी रोयल च्यालेन्जर्स बैङ्गलोरसंग हुनेछ । बैङ्गलोरले पहिलो क्वालिफायरमा गुजरातलाई हराएर फाइनलमा ठाउँ बनाएको हो । (एजेन्सी)

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share