बुधबार, माघ ५, २०७८

सत्सङ्ग समारोह

२१ असार २०७३, मंगलवार १८:०९

काठमाडौँ, २१ असार । अद्वैत संस्थाको स्वर्णजयन्तीका उपलक्ष्यमा अद्वैत संस्थाका सदस्य जमुना रिमाल एवम् परिवारद्वारा केन्द्रीय सत्सङ्ग मन्दिर अद्वैतमार्ग, काठमाडौँमा आयोजित विशेष सत्सङ्ग समारोहको संस्थाका कुलपति प्रताप चक्रवर्तीले आज उद्घाटन गरे ।

ब्रह्मज्ञानी डा क्षितिशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद् ‘मोक्षको अनन्यमार्ग’ वाचन गर्दै उनले पारमार्थिक सत्य वस्तु यही जो आफ्नो आनन्द– स्वरुप हो त्यसको साक्षात् अनुभव गराउन अद्वैत महाविद्यालय खडा भएको हो भने ।

वसन्तलाल महासरस्वतीको अध्यक्षतामा भएको कार्यक्रममा ब्रह्मज्ञानी श्रीगुरुदेवद्वारा रचित नेपाली उपनिषद् ‘साधन रहस्य’, ‘गीतामृत’ आदिको देवेश्वर सरस्वती, विष्णुप्रसाद सरस्वती, विष्णुप्रसाद आचार्य, अनन्तलाल सरस्वती, चित्रप्रसाद योगी, कृष्णप्रसाद गौतमलगायतले पाठ पारायण गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share