बुधबार, मंसिर २२, २०७८

सडक निर्माण हुदा स्थानीय हर्षित

१५ जेष्ठ २०७३, शनिबार २०:०३

डोटी, १५ जेठ । मान्नाकापडी गाविसको अत्तरकाँडा भन्ने ठाउँमा पहिलो पटक सडक पुुग्दा स्थानीय हर्षित बनेका छन् । सरकारको रु सात करोडको लागतमा निर्माण हुन लागेको बागछेडादेखि काफली जोड्ने करिब १० किलोमिटर सडक शनिबार झण्डै चार किलोमिटर निर्माण भइ अत्तरकाँडामा पुगेको स्थानीय शिक्षक रामबहादुर बोहराले बताए । डोटीको महत्वपूर्ण धार्मिकस्थल केदारबाबाको शिरमा सडक विस्तार हुने भएपछि टाढाटाढाका तीर्थालु यस क्षेत्रमा आउने अपेक्षा गरिएको छ । सदरमुकामबाट पैदल यात्रामा दुई दिन लाग्ने मान्नाकापडीमा सडक विस्तार भएपछि त्यहाँका उत्पादन बजारसम्म पुर्याउन सहज हुनुका साथै कृषकको आयआर्जनमा वृद्धि हुने स्थानीयवासीको भनाइ छ । हिमाली भेकमा पाइने जडीबुटीको पहिचान गरी आयआर्जन गर्न यस क्षेत्रका बासिन्दा सक्षम बन्ने उनीहरुको विश्वास छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share