बिहिबार, माघ १३, २०७८

सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम

२२ जेष्ठ २०७३, शनिबार १३:२२

धनगढी, २२ जेठ ।
धनगढीदेखि स्याउले बजारसम्मको सडक मरमत नहुँदा उक्त सडकको आवागमन कष्टकर र जोखिमपूर्ण बनेको छ । सडक भत्किएर ठाउँ ठाउँमा खाल्टाखुल्टी परेको वर्षौ भइसक्दा पनि मरमतका लागि पहल नगरिएको र नियमनकारी निकाय मौन बसेको गुनासो स्थानीयवासीको छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीसम्म पुग्नका लागि अत्तरियादेखि धनगढी सडकको वैकल्पिक सडकका रुपमा स्याउले—धनगढी सडक ‘ओटासिल‘ प्रविधिबाट आठ वर्ष अघि कालोपत्रे गरिएको थियो ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने कैलालीको स्याउले बजारदेखि धनगढीसम्मको १० किलोमिटर लामो यो सडक कालोपत्रे गरिएकै वर्षदेखि भत्किन थाले पनि यसको मर्मत र पुनःनिर्माण तर्फ अहिलेसम्म पहल नहुँदा यात्रा असहज बनेको स्थानीयवासीको गुनासो छ । सडकको अहिलेको अवस्था हेर्दा विकास गर्ने भन्दै गरिएको सडकको कालोपत्रे यतिबेला आवागमन गर्नेका लागि अभिसाप बनेको अनुभव स्थानीय प्रेम बोगटीले सुनाए ।

‘सडक कालोपत्रे भएको वर्ष स्याउले बजारबाट धनगढीसम्म पुग्न यातायातका साधनले यो बाटोमा १० मिनेटको समय लगाउँथे, स्थानीयवासी लोखराज ओझाले भने— सडक बिग्रेपछि अहिले भने आधा घन्टाभन्दा बढी समय लाग्ने मात्र नभइ दुर्घटनाको जोखिम पनि बढेको छ ।’ जिल्ला विकास समिति कैलालीको ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो सडक निर्माण कार्य पूरा नहुँदै ठाउँठाउँमा भत्किन सुरु भएको थियो ।
ग्रामीण सडकको रुपमा ‘डिजाइन‘ भई ‘ओटासिल‘ प्रविधिको कालोपत्रे गरिएकोमा सडकको क्षमता भन्दा बढी भारका मालबाहक साधन सडकमा गुड्न थालेपछि कालोपत्रे भत्किएको प्रविधिकको भनाइ रहेको छ । हाल उक्त सडक मर्मत एवम् कालोपत्रे गर्ने योजना जिल्ला विकास समितिको छैन । सडक डिभिजन कार्यालयले यो सडक निर्माण सम्बन्धी कागजात मागेकोले सडक डिभिजनको योजनामा परेको हुनसक्ने जिविसका इन्जिनियर दाताराम जोशीले बताउँछन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share