बिहिबार, माघ ६, २०७८

सञ्जालको विधान अनुमोदन

२० असार २०७३, सोमबार १७:१२

काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्ले दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको विधानलाई अनुमोदन गरेको छ ।

यसअघि संसद्को आजको बैठकमा वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले उक्त विधानलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधानमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सापकोटाले वन्यजन्तुको अवैध चोरी निकासी अन्त्य गर्न विधान अनुमोदन आवश्यक रहेको बताए ।

उनले भने – “दुर्लभ वन्यजन्तुको अवैध चोरी सिकारी तथा तीनका अङ्गको गैरकानुनी रुपमा बिक्री वितरण गर्ने कार्यलाई निस्तेज तुल्याउन विधान पारित गर्न आवश्यक छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share