शुक्रबार, असार १७, २०७९

संसद् नियमावली पारित : जित जितको अवस्था

५ असार २०७३, आईतवार १७:५३

काठमाडौँ, ५ असार । संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमबार बिहानसभामुखको कक्षमा बस्ने भएको छ ।

“मैले समितिको पहिलो बैठक भोलि(सोमबार) बिहान ८ बजे मेरो चेम्बरमा बोलाएको छु, यसपछि समितिले आफ्ना कार्यविधि निर्माण लगायतका काम गर्दै अगाडि बढ्ने छ ।” सभामुख ओनसरी घर्तीले भनिन् ।
नयाँ संविधान जारीपछि रुपान्तररित सदनले नौ महिनापछि अाइबार संसद् नियमावली पारित गरेको थियो । व्यवस्थापिका–संसद् भवनमा सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

नियमावली पारित गर्नाका लागि राजनीतिक दलले प्रदर्शन गरेकाे जिम्मेवारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दलका बीचमा यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गरिन् । संसद् नियमावलीमा विशेष गरी सुनवाइ समितिमा कति सदस्य रहने भन्ने विषयमा दलबीच मुख्य रुपमा विवाद थियो । सत्तारुढ दल १५ र प्रमुख प्रतिपक्षी दल ७५ सदस्यीय हुनुपर्ने अडानमा रहे पनि दलबीच १५ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।

अब मन्त्रिपरिषद्ले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूत र न्यायाधीशको सुनवाइ गर्न मार्गप्रशस्त भएको छ । सुनवाइ समिति १५ सदस्यीय हुने, सिफारिसलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने कुरालाई बहुमतले पारित गरेको थियो ।

बैठकपछि सत्तारुढ र प्रतिपक्षी दलका सांसद ‘वीन वीन भो है भन्दै’ बैठक कक्षबाट बाहिरिएका थिए । नियमावली पारित गराउँदा पहिलो पटक सत्तापक्ष र प्रतिपक्षी दुवैतर्फका सांसद अन्योलमा थिए । उनीहरु ‘हुन्छ’ भन्ने समयमा ‘हुँदैन’ र ‘हुँदैन’ भन्ने समयमा ‘हुन्छ’ भन्न पुगेका थिए ।

पत्रकार सम्मेलनमा सभामुख घर्तीले भनिन् “म नै अलमलमा परेँ, सांसदलाई दल मार्फत सूचना प्रवाह गर्न कमी देखियो ।” नियमावलीका विषयमा दलबीच अाइतबार बिहान सहमति भएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share