संसदीय सुनुवाइ विशेष समितिमा गुरुङ निर्वाचित
८ असार २०७३, बुधबार १५:५९काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली काँग्रेसका कूलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
उनलाई सभापतिमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) का गणेशमान गुरुङले प्रस्ताव गरेका थिए भने नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठले समर्थन गरेका थिए ।
सभामुख ओनसरी घर्ती मगरले वुधबार नै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराउने कार्यक्रम रहेको छ । रासस