बुधबार, कार्तिक १०, २०७८

संविधान संशोधन सम्बन्धमा मस्यौदा समिति गठन

१९ भाद्र २०७३, आईतवार १९:१३

काठमाडौँ, १९ भदौ । सङ्घीय गठबन्धनको आजको बैठकले सङ्घीय गठबन्धनका नेता लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

समितिमा सांसदहरु लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्देन मिराक, प्रेमबहादुर खाती, शिल्पीको तर्फबाट एकजना, प्रादेशिक मोर्चाको तर्फबाट एकजना र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एक जना गरी ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए ।

बैठकले आगामी असोज ३ गते गाविस, नगरपालिका र सदरमुकाममा विरोध प्रदर्शन गरी कोणसभालगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share