आइतवार, अशोज ३१, २०७८

संविधान कार्यान्वयन जटिलः थापा

२५ भाद्र २०७३, शनिबार १२:५९

सुर्खेत, भदौ २५ गते ।
राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले नयाँ संविधान जारी भएको एक बर्ष पुग्न लाग्दा पनि नेपाली जनतामा आशाभन्दा निरासा बढेको बताएका छन् ।

kamal

मिडिया नेपाल सुर्खेतले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले नयाँ संविधानले पनि राजीतिक स्थायित्व, दु्रत विकासको वातावरण गराउन सकेन भने त्यो संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने बताए । उनले भने, यदि नयाँ संविधानले पनि जनताको आशा अनुसारको काम गर्न सकेन भने त्यसको औचित्यमाथि प्रश्न उठ्छ । उनका अनुसार नयाँ संविधान जारी भएको करिव एक बर्षको अवधिमा जनताको चाहना अधुरै रहन पुगेको छ ।

पछिल्लो समय राजनीतिक दलहरुबीच असमझदारी र तिक्तता बढेको दाबी गर्दै अध्यक्ष थापाले जसका कारण सहमति हुन नसक्दा संविधान कार्यान्वयन जटिल बनेको औंल्याए । स्थानीय निकायको निर्वाचन र संविधान संशोधनको विषयलाई लिएर दलहरुवीच असमझदारी बढेको उनको भनाइ छ । दलहरुवीच सहमति भएन भने संविधान संशोधन पनि हुन नसकने उनको भनाइ छ । संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्ने र त्यसका लागि प्रतिपक्षी एमालेसहित राप्रपा नेपालको चाहिने हुँदा सरकारले कुनै पनि दलसँग संविधान संशोधनका लागि पहल नथालेको अध्यक्ष थापाले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जानु अघि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने भनिए पनि त्यसले समाधान झन बढ्ने उनले औंल्याए ।

राजसंस्था फर्किन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष थापाले जनताले चाहेमा र जनताको विश्वासको धरातलमा आउनसक्ने भएपनि अहिले त्यो सम्भव नभएको अध्यक्ष थापाले बताए । यस्तै उनले राप्रपा नेपाल र राप्रपावीचको पार्टी एकीकरणमा राप्रपाले पार्टीको सिद्धान्त भन्दा सत्तालाई प्राथमिकता दिएकोले अहिले एकीकरणको ढोका बन्द हुन पुगेको जनाए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share