मङ्लबार, असार २१, २०७९

संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती– उपप्रधानमन्त्री मैनाली

११ असार २०७३, शनिबार १८:३३

सुरुङ्गा (झापा), ११ असार । उपप्रधानमन्त्री सिपी मैनालीले सरकार नेपालले छिमेकी भारत र चीनसँगका नाका खोलेर दुवै देशसँग बराबर व्यापार गर्ने रणनीतिका साथ अघि बढेको बताएका छन् ।

बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै महिला बालबालिका एवम् समाज कल्याणमन्त्रीसमेत रहनुभएका मैनालीले भारतसँग मात्र भर परेर व्यापार गर्दा धेरै अप्ठ्यारो परेको र पटक–पटक नाकाबन्दी व्यहोर्नु परेको बताए ।

अब मुलुकका लागि कुनै अप्ठ्यारो नपरोस् भनेर दुवैतिर नाका खोलेर बराबर व्यापार गर्ने रणनीतिमा सरकार क्रियाशील रहेको उपप्रधानमन्त्री मैनालीको भनाइ थियो । उनले तराई–मधेसमा एक वा दुईमात्र प्रदेश र त्यसमा पनि पहाडका भू–भाग थप्न नपाइने केही मधेसवादीको माग रहस्यमय भएको बताउँदै संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे ।

नेपालमा बस्ने सबै आदिवासी भएको बताउँदै उनले संविधान आएपछि मुलुक शान्ति, समृद्धि, शिक्षा र चेतनाको बाटोमा अघि बढ्छ भन्ने आम आशाविपरीत घटनाक्रम भएको बताए ।

संविधान कार्यान्वयनमा प्रतिपक्षमा रहेको काँग्रेसलगायतका दललाई समेत सहयोग गर्न र सरकारमा सामेल हुन उनको आग्रह थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share