सोमवार, असार १३, २०७९

‘संविधान कार्यान्वयनका लागि सहमति आवश्यक’

२५ जेष्ठ २०७३, मंगलवार १७:२७

विराटनगर, २५ जेठ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा म‌गबार सञ्चाकर्मीसँगको कुराकानीमा उनले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिहरेको स्पष्ट पारे । उनले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म यो बहुमतीय सरकार नै कायम रहने उल्लेख गर्दै संयुक्त सरकारमा सामान्य मतभेद देखिनुलाई नेतृत्व परिवर्तन हुने रुपमा बुझ्न नहुने बताए ।
स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको चर्चा गर्दै उहाँले निर्वाचनको पक्षमा विगतमा नेपाली काँग्रेसले गरेका प्रतिबद्धतालाई स्मरण गर्न आग्रह गरे । उपप्रधानमन्त्री गच्छादारले संसदीय नियमावली सहमतिमै पारित हुनुपर्दछ, त्यसो नभए प्रक्रियाद्वारा नै पारित हुने विश्वास व्यक्त गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share