बुधबार, माघ ५, २०७८

संवादमार्फत समाधान खोज्न वरिष्ठ नेता पौडेलको आग्रह

१५ असार २०७३, बुधबार १३:०४

काठमाडौँ, १५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत सङ्घीय गठबन्धन नेपालले उठाएका माग वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन् ।

आफ्ना माग पूरा गराउन दबाब सिर्जन गर्न गठबन्धनद्वारा सहीदमञ्च (टुडिखेल)मा जारी रिले अनशन स्थलमा वुधबार पुगेका  काँग्रेसका वरिष्ठ नेता पौडेलले जायज माग पूरा गर्न सत्तारुढ दलले तत्परता देखाउनु पर्ने बताए ।

नेता पौडेलले गठबन्धनका माग पूरा गराउन सत्तारुढ दल गम्भीर बन्न नसकेको आरोप लगाउँदै आफ्नो पार्टीले वार्ता र संवादका मार्फत गठबन्धनका माग पूरा गराउन जोड दिएको जानकारी दिए ।

गठबन्धनले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिन रिले अनशन सुरु गरेको दुई हप्ता बितिसकेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share