सोमवार, मंसिर २०, २०७८

संघीय गठबन्धनको बैठक बस्दै

२१ जेष्ठ २०७३, शुक्रबार ०९:५९

खबरइरा स‌वाददाता

काठमाडौं, २१ जेठ । विभिन्न भातृसंगठन गठनको लागि संघीय गठबन्धनको बैठक बस्दैछ । गठबन्धन घटक दल संघीय समाजबादी फोरम नेपालको कार्यालय तिनकुनेमा दिउँसो बस्ने बैठकले विद्यार्थी, मजदुर तथा कर्मचारी संगठन गठन गर्दैछ ।
संघीय फोरमका नेता राजेन्द्र श्रेष्ठका अनुसार गठबन्धनमा आवद्ध सबै दलका विद्यार्थी सगठनहरु सहभागी गराई संघीय गठबन्धन विद्यार्थी संगठन, मजदुरहरुको संगठन तथा कर्मचारीहरुको सगठन गठन गरिने छ ।
पहिलो र दोस्रो चरणको आन्दोलन सकेको गठबन्धनले घोषणा गरेको तेस्रो चरणको आन्दोलन सशक्त पार्न भन्दै आफु निकटमा संगठनहरुलाई एक्यवद्धता गर्न लागेको हो ।
सिंहदरबार र प्रधानमन्त्री घेराउ कार्यक्रमपछि १० दिने राजधानी केन्द्रीत आन्दोलन सकेको गठबन्धनले २७ गते देखि एक साता रिले अनसन बस्ने घोषणा गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share