बुधबार, मंसिर २२, २०७८

संघीय गठनबन्धनको खुल्लामञ्चमा अनसन जारी, दोश्रो दिन देखिएनन् शिर्ष नेताहरु

२६ जेष्ठ २०७३, बुधबार ११:१६

काठमाडौं ।

संविधानसभाबाट जारी संविधान प्रति असंतुष्टी जनाउदै आएको मधेशी मोर्चा सहितको संघीय गठबन्धनले हिजोबाट राजधानीको खुल्लामञ्चमा अनसन सुरु गरेको छ । तर अनसन सुरु गर्दा संघीय गठनबन्धनका शीर्ष नेताहरुले सहभागिता जनाएका थिए । तर उनिहरु आज दोश्रो दिनको अनसनमा सहभागि भएनन् । हिजो देखि सुरु भएको रिले अनशनमा शीर्ष नेता उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण,अशोककुमार राई, रेणु यादव, शरदसिंह भण्डारी लगायतको सहभागिता देखिएको थियो भने आज शीर्ष नेताको उपस्थिती समेत देखिएन् । आजको अनसनमा कुमार लिङदेन, सन्तोष मेहता, रणबहादुर काङदवा, डा. शीवप्रसाद यादव, राजीव कुमार चौधरी, श्रीमन नारायण मिश्र, सत्यनारायण डंगोललगायत बसेका छन् । पहिलो दिनमै मधेसी र जनजातीका शिर्ष नेताहरु गलेको आन्दोलनरत सङ्घीय गठबन्धनका एक नेताले दुखेसो पोखे । सरकारले समेत बेवस्ता गरिरहेको बेलामा अनसनको दास्रो दिन नै तेस्रो तहका नेतामात्र देखिनु आन्दोलनको स्वरुप कमजोर भएको रुपमा आम कार्यकर्ताले बुझेका छन् । आन्दोलनको स्वरुप परिवर्तन अन्र्तगत सङ्घीय गठबन्धनले रिले अनशन थालेको हो । विगतदेखि उठाउँदै आएका आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ। गठबन्धनले गत महिनाको पहिलो हप्तादेखि राजधानीकेन्द्रित आन्दोलन थालेको थियो। जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन्। २५ देखि असार मसान्तसम्म काठमाडौंको खुला मञ्चमा रिले अनसन बस्ने निर्णय गरिसकेको छ । उक्त अनसनमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावनाका अध्यक्ष राजेन्द्र महतो देखिएका छैनन् । यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ताधारी दल नेकपा माओवादी केन्द्र र नागरिक समाजका अगुवाहरुले ऐक्यबद्वता तथा समर्थन जनाएका छन् । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के।सी, नेकपा माओवादी केन्द्रका नेता मातृका यादव र नागरिक समाजका अगुवाद्वय दमननाथ ढुंगाना र डा. सुन्दर मणी दीक्षित खुला मञ्च पुगेर गठबन्धनको रिले अनसनमा ऐक्यबद्वता जनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share