शनिबार, माघ ८, २०७८

सँधै जनशक्ति अभाव झेल्दै मध्यपश्चिम क्षेत्रीय अस्पताल मर्कामा बिरामी

१० असार २०७३, शुक्रबार १२:४३

सुर्खेत, १० असार ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल स्थापना भएको १० वर्ष पूरा भयो । क्षेत्रीय स्तरको अस्पतालले विरामीलाई दिनु पर्ने सेवा विगतको तुलनामा सुधार भए पनि मध्यपश्चिमका पहाडी क्षेत्रका वासिन्दालाई उपचारका लागि अञ्चल अस्पताल नेपालगञ्ज र भारतको लखनऊ जानु पर्ने बाध्यता भने अझै हटेको छैन् ।

reg hospital
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतको नयाँ भवन ।

पिछडिएको मध्यपश्चिम क्षेत्रका वासिन्दालाई विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न २०६२ फागुन ७ गते स्थापना गरिएको क्षेत्रीय अस्पतालका लागि सरकारले २४ जना डाक्टरको दरबन्दी स्वीकृत गरेको छ । तर स्वीकृत दरबन्दी अनुसारको जनशक्ति भने पठाएको छैन् ।

सरकारले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा आर्थिक वर्ष २०६३/६४ मा २४ जना चिकित्सकको दरबन्दी स्वीकृत गरेको थियो । स्वीकृत २४ जना मध्ये ५ मेडिकल अधिकृत, १ कन्सलटेन्ट सहित ७ जना दरबन्दीमा आएपनि १ जना अन्यत्र काज गएकाले ६ जना मात्रै कार्यरत भएको मेडिकल रेर्कडर अधिकृत बिनोद बस्नेतले जानकारी दिए ।

अस्पतालको रेकर्ड अनुसार आर्थिक वर्ष २०६४/६५ मा २४ जना चिकित्सक मध्ये ७ जना दरबन्दीमा आएपनि २ जना अन्यत्र काजमा जाँदा ५ जना मात्रै कार्यरत थिए भने आर्थिक वर्ष २०६५/६६ मा ८ जना दरबन्दीमा आएपनि ३ जना चिकित्सक अन्यत्र काजमा गएको हुनाले अस्पतालमा ५ जना मात्रै कार्यरत थिए ।

आर्थिक वर्ष २०६६/६७ मा ७ जना दरबन्दीमा आएपनि ५ जना कार्यरत रहेको र २ जना अन्यत्र काजमा थिए भने आर्थिक वर्ष २०६७÷६८ मा ८ जना चिकित्सक दरबन्दीमा आएपनि ६ जना कार्यरत र २ जना अन्यत्र काजमा रहेको अस्पतालको रेकर्डमा उल्लेख छ ।

आर्थिक वर्ष २०६८/६९ मा ६ जना चिकित्सक दरबन्दीमा आएका मध्ये २ जना अन्यत्र काजमा र ४ जना मात्रै अस्पतालमा कार्यरत थिए भने आर्थिक वर्ष २०६९/७० मा ७ जना दरबन्दीमा आएका मध्ये २ जना अन्यत्र काजमा रहेको र ५ जना अस्पतालमा कार्यरत थिए ।

आर्थिक वर्ष २०७०/७१ मा ८ जना दरबन्दी पदपूर्ति मध्ये ८ जना नै कार्यरत रहेका थिए भने आर्थिक वर्ष २०७१÷७२ मा ११ जना चिकित्सक दरबन्दीमा आएका मध्ये ३ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन, ३ जना कन्सलटेन्ट गरी ७ जना कार्यरत रहेका र ४ जना अन्यत्र काजमा रहेको क्षेत्रीय अस्पतालको रेकर्ड उल्लेख छ ।

क्षेत्रीय अस्पतालको रेकर्डलाई हेर्दा विगत नौ वर्षको अवधिमा स्वीकृत दरबन्दी २४ मा ११ जना भन्दा बढी डाक्टर अहिलेसम्म आएका छैनन् । रेकर्ड अनुसार दरबन्दीमा आएका मध्ये पनि २ देखि ४ जनासम्म अन्यत्रै काजमा बसेका छन् ।

क्षेत्रीय अस्पतालमा पदपूर्ति नहुने र काजमा बस्ने समस्या मात्र होइन, छोटो अवधिमै डाक्टरको सरुवा हुने रोग पनि कायमै छ । हुन त यो छोटो अवधिमै डाक्टरको सरुवा हुने रोग विगतको जिल्ला अस्पतालले पनि नभोगेको होइन ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खम्बप्रसाद थानीले चिकित्सकहरु नबस्ने रोग मध्यपश्चिम क्षेत्रीय अस्पतालमा मात्रै नभएर अरु अस्पतालको पनि भएको बताए । उनले भने, ‘विशेषज्ञहरुको माग गरिरहेका हुन्छौ तर अहिलेसम्म मन्त्रालयले पठाएको छैन ।’ विशेषज्ञहरु पनि सुगम ठाउँहरु खोज्ने हुनाले दुर्गममा समस्या हुने गरेको उनको भनाई छ ।

अस्पतालले उपयुक्त सेवा सुविधा दिन नसकेका कारण चिकित्सक टिक्न नसकेको मध्यपश्चिम क्षेत्रीय अस्पतालका मेडिकल रेर्कडर अधिकृत बिनोद बस्नेतले बताए । उनले भने ‘अस्पताल भौतिक पूर्वाधार सम्पन्न छैन, चिकित्सकहरु सेवा सुविधा खोज्छन, तर हामी दिन नसकिरहेको अवस्था छ त्यो भएर पनि चिकित्सकहरु यहाँ बस्न चहादैनन् ।’

अहिले क्षेत्रीय अस्पतालमा दरबन्दी अनुसार ८ जना चिकित्सक भएपनि २ जना काजमा रहेको र २ जना विदामा भएकाले ४ जना मात्रै कार्यरत रहेको मेडिकल रेर्कडर अधिकृत बस्नेतले जानकारी दिए । अस्पतालले आन्तरिक स्रोतवाट ३ जना, काजमा आएका ३ जना र सरकारको छात्रवृत्ति पाएकाले दुई वर्ष सरकारी अस्पतालमा अनिवार्य सेवा दिनु पर्ने विशेषज्ञ चिकित्सक समेत गरी क्षेत्रीय अस्पताल सुर्खेतमा १६ जना चिकित्सक रहेका क्षेत्रीय अस्पतालले जनाएको छ ।

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा हाल हाडजोर्नी, प्रसुति तथा स्त्रिी रोग, बालरोग, जनरल सर्जरी, फिजिसियन, प्रसुति रोगका मात्रै विशेषज्ञ रहेको मेडिकल रेर्कडर अधिकृत बस्नेतले जानकारी दिए । उनले छाला, मुटु, कान, दिमाग, सम्बन्धिका विशेषज्ञ क्षेत्रीय अस्पतालमा नभएका कारणले विरामीलाई वाहिर रिफर गरिने बताए । अधिकृत बस्नेतले भने, ‘क्षेत्रीय अस्पतालमा सबै रोगको विशेषज्ञ नहुँदा बाहिर पठाउनु पर्ने अवस्था आउँछ ।’

मध्यपश्चिम क्षेत्रीय अस्पतालको नौ वर्षको तथ्याङ्कलाई हेर्दा 

report

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share