सोमवार, मंसिर २०, २०७८

श्रीमानले गरे श्रीमतीको हत्या

३१ जेष्ठ २०७३, सोमबार ०६:२९

भीमदत्तनगर, ३१ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ छोटीकिँचाइका ३२ वर्षीय केशव बोहराले श्रीमतीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार बोहराले गत जेठ २४ गते राति २६ वर्षीया श्रीमती मायाको हत्या गरेर घर नजिकैको गोठमा खाल्डो खनेर गाडेका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले हत्या आरोपमा बोहरालाई अाइतबार धनगढीबाट पक्राउ गरिएको बताए । मृतकको एक छोरा र एक छोरी रहेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share