शुक्रबार, असार १७, २०७९

श्रीमतीको हत्या आरोप

१९ कार्तिक २०७३, शुक्रबार १७:०२

भोजपुर, १९ कात्तिक । जिल्लाको पूर्वी बास्तिम गाविसमा आफ्नै श्रीमान्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।

श्रीमती सुष्माले बास्तिम गाविसबाट बच्चाको जन्मदर्ता गराएर फर्कदै गर्दा गए राति बाटैमा धारिलो हतियार प्रयोग गरी श्रीमान् राजकुमार बस्नेतले हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जिकिर गरेको छ । अभियुक्त राजकुमार फरार छन् ।

हत्याको कारण भने खुल्न सकेको छैन । उनको खोजी जारी रहेको प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताए । सुष्माको शव परीक्षणका लागि आज जिल्ला अस्पताल भोजपुरमा ल्याइँदै गरेको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share