आइतवार, अशोज ३१, २०७८

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्न अनुगमन हुने

१९ भाद्र २०७३, आईतवार १८:११

काठमाडौँ, १९ भदौ । सञ्चार प्रतिष्ठानमा काम गर्ने पत्रकार तथा कर्मचारी, कामदारहरुको न्यूनतम् पारिश्रमिक सबै सञ्चार प्रतिष्ठानमा कार्यान्वयन र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन भए नभएको अनुगमन गर्न निर्देशक समिति तथा अनुगमन उपसमिति गठन गरिएको छ ।

Minimum-Wage-Fixation-Committee-Journalist-Nepal-e1436111190808श्रमजीवी पत्रकार सम्बन्धी ऐनमा व्यवस्था भए बमोजिम आज भएको मन्त्री स्तरीय निर्णय अनुसार निर्देशक समिति तथा अनुगमन उपसमिति गठन गरिएको न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले जानकारी दिएका छन् ।

सञ्चार प्रतिष्ठानमा काम गर्ने पत्रकार तथा कर्मचारी, कामदारहरुको न्यूनतम् पारिश्रमिक सबै सञ्चार प्रतिष्ठानमा कार्यान्वयन र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन भए नभएको अनुगमन गर्न गठित निर्देशक समितिमा न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी संयोजक रहेका छन् ।

निर्देशक समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष, सूचना विभागका महानिर्देशक, मिडिया सोसाइटी नेपालका अध्यक्ष, ब्रोडकाष्टिङ एसोसियसन अफ नेपालका अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष र सदस्य सचिवमा सूचना तथा सञ्चार मन्त्रालयका सञ्चार महाशाखाका उपसचिव रहेका छन् ।

त्यसैगरी छापा, श्रव्यदृश्य र रेडियोका लागि तीन वटा अनुगमन उपसमिति गठन गरिएको छ । तीन वटै उपसमितिको संयोजक  न्यूनतम् पारिश्रमिक निर्धारण समितिका सदस्यहरु र सदस्यहरुमा मिडिया अर्गनाइजेशनका प्रतिनिधिहरु रहेका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम सरकारले स्वीकृत गरी सञ्चार प्रतिष्ठानमा काम गर्ने पत्रकार, कर्मचारी तथा कामदारहरुको न्यूनतम् पारिश्रमिक गत साउन देखि लागु भइसकेको समितिले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share