बुधबार, कार्तिक १०, २०७८

शिक्षाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित– मन्त्री पौडेल

२५ भाद्र २०७३, शनिबार १५:०२

रत्ननगर (चितवन), २५ भदौ । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताएका छन् ।

दक्षिण चितवनको माडीका विभिन्न विद्यालयको भ्रमणका क्रममा रहेका मन्त्री पौडेलले आज यहाँ आयोजित विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।

मन्त्री पौडेलले प्राविधिक शिक्षामा आफूले जोड दिएको उल्लेखगर्दै शिक्षा क्षेत्रमा नमुना काम गरेर देखाउने आफ्नो लक्ष्य रहेको छ भने ।

शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्ने प्रक्रियामा आफू लागिपरेको बताउँदै उनले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन शिक्षकलाई निर्देशन पनि दिए ।

मन्त्री पौडेलले यसअघि प्रेस सेन्टर नेपाल चितवनद्वारा बुझाइएको ज्ञापनपत्र बुझ्दै चितवनमा मिडिया एकेडेमी बनाउने विषयमा आफ्नो सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share