सोमवार, मंसिर २०, २०७८

शिक्षक आयोग खुल्यो, निमावि तर्फ ११ सय १७ शिक्षक माग

१० जेष्ठ २०७३, सोमबार ०९:५८

भक्तपुर – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि आयोग खोलेको छ । । निमावि तह तृतीय श्रेणीका विभिन्न १० विषयका लागि ११ सय १७ शिक्षक माग गरिएको आयोगले जनाएको छ ।

सबै भन्दा धेरै अँग्रेजीमा ३ सय २५ शिक्षक माग गरिएको छ । त्यस पछि सामाजिकका लागि १ सय ७३, नेपालीका लागि १ सय ६२, गणित विज्ञानका लागि १ सय ५५, विज्ञानका लागि १ सय ५३ शिक्षकको माग गरिएको छ । यस्तै गणितका लागि १ सय ४२ संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि २ तथा संस्कृत र संस्कृत भाषामा १ १ शिक्षकको लागि आयोग खोलिएको छ ।

२०६३ बैशाख १० देखि रिक्त दरबन्दीका लागि आयोग खोलेको आयोगले जनाएको छ ।

असार १२ गते सम्म फारम भर्न सकिने तथा लिखित परीक्षा भने भदौ ११ गते हुने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर फारम भर्न चाहनेलाई असार १९ गते सम्मको म्याद दिईएको छ ।

शिक्षा विषय लिएर प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका र शिक्षण लाइसेन्स प्राप्त गरेका नेपाली नागरिकले दरखास्त दिन पाउने छन् ।

दरखास्त शुल्क प्रति व्यक्ति ७ सय रुपैयाँ तथा प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ निर्धारण गरेको आयोगले जनाएको छ ।

 

थप जानकारीका लागि: https://tsc.gov.np/

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share