शनिबार, मंसिर १८, २०७८

शिक्षकले गरे आत्महत्या

२० जेष्ठ २०७३, बिहीबार १२:२९

सप्तरी, २० जेठ ।

सप्तरीको राजविराज–४ स्थित सर्वोदय (पोखरेल) टोलमा आज एक जना शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको हनुमाननगर योगिनी माई नगरपालिका–८ निवासी २८ वर्षीय रामकुमार कामैत रहेको प्रहरीले जनाएको छ ।

मृतक कामैत राजविराज–५ स्थित रुपनी रोडमा रहेको प्रिमियर बोर्डिङ स्कुलका शिक्षक हुन् । उनी वडा नं ४ मा डेरा गरी बस्दै आएका थिए । कोठामा पङ्खामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको एक महिना अगाडि विवाह भएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share