शुक्रबार, कार्तिक ५, २०७८

शान्तिको प्रतिक परेवा उडाएर मनाइयो संविधान दिवस

३ आश्विन २०७३, सोमबार १०:२८

काठमाडौं, ३ असोज । संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो संविधान दिवस टुडिखेलमा शान्तिको प्रतिक परेवा उडाएर मनाइएको छ । टुडिखेलमा आयोजित बिषेश कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएकी थिइन् । नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए। sambidhan-diwas-02कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिहरु , सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वानसमेत गरेकी छन् ।

उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गरिन्।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share