मङ्लबार, असार २१, २०७९

व्यवस्थापिका-संसद्ः विशेष समय

८ असार २०७३, बुधबार १३:२०

puspa kamal dahalकाठमाडौँ, ८ असार ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आजबाट गर्न लाग्नुभएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर स्थगित गरेका छन् ।

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनलाई उद्घाटन गर्न आज त्यसतर्फ जान लाग्नुभएका अध्यक्ष दाहालले पार्टी काम तथा राष्ट्रिय मुद्दामा नै केन्द्रित हुनुपर्ने भएकाले भ्रमण स्थगित गरेका हुन् ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार सदनमा प्रस्तुत भएको बजेट पारित गर्नुपर्ने तथा पार्टी काममा नै व्यस्त हुनुपर्ने भएकाले भ्रमण स्थगित भएको हो ।

अन्तिम समयमा आएर भ्रमण स्थगित भए पनि जनप्रगतिशील मञ्चको कार्यक्रममा भने माओवादी केन्द्रको विदेश विभागका सदस्यले सहभागिता जनाउने बताइएको छ । आजै अध्यक्ष दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share